झापा । 


झापा भद्रपुर नगरपालिका –३ किचकबधबाट  एक जनालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगंज बस्ने २८ बर्षीय श्रवण राय रहेका छन् ।

हिजो दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २१ ग्राम २६० मिलि ग्रामसहित पक्राउ गरिएको हो । पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय झापामा  थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।