झापा ।
झापामा कोरोना संक्रमणको दर वढेसँगै साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएकोे छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीसीएमसी) संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा शुक्रवार वसेको वैठकले उक्त निर्णय गरेको हो ।
डिसीसीएमसीले यसअघि १६ गते राती १२ वजेदेखि २३ गते राती १२ वजेसम्म निषेधाज्ञा जारी गरेको थियो । अति–आवश्यक सेवा बाहेक अन्य व्यवसाय, पसल, सवारीसाधन बन्द रहने डिसीसीएमसीले जनाएको छ ।