झापा । 

झापामा ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । झापा गाउपालिका २– झापा बजारका  सिंहको हिजो बिहान ९ बजे सोही स्थानका बिकास अग्रावालको घर भत्काउने क्रममा पर्खालले  किचेर गम्भिर घाईते भएका थिए ।

घाइते सिंहको विएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो । सिंह घर भत्काउने मिस्त्रीको काम गर्दै आएका थिए ।

घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कुमारखोदको प्रहरी टोलीले  थप अनुसन्धान गरिरहेको प्रहरीले छ ।