भद्रपुर । 

नेपाल भारत मैत्री संघको केन्द्रीय सदस्यमा प्रतिष्ठित उद्योगपति छत्रबहादुर गिरी मनोनित भएका छन् । झापाको विर्तामोड नगर पालिका –६ मा स्थायी बसोवास गर्नु हुने गिरी झापाको गिरी बन्धु टी इस्टेट लगायतका चिया उद्योगसँग सम्बन्धित प्रतिष्ठित उद्योगी हुन् ।


उनले नेपाल परिवार नियोजन संघको दुई कार्यकालसम्म अध्यक्ष रहेर सामाजिक व्यक्तित्वको पहिचान समेत बनाई सकेका छन् । नेपाल भारत मैत्री संघको बैठकले गिरीलाई मैत्री संघको केन्द्रीय सदस्यमा मनोनयन गरेको मैत्री संघका झापा अध्यक्ष प्रदीपमणि रेग्मीले जानकारी दिए ।


केन्द्रीय अध्यक्ष तथा प्रदेश सांसद ओमप्रकाश सरावगीको अध्यक्षतामा नेपाल भारत मैत्री संघको बैठक बसेको थियो। सोही बैठकले पूर्व सांसद पुष्पराज पोखरेललाई संघको सल्लाहकारमा समेत मनोनयन गरेको छ ।