बिर्तामोड ।
नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षको झापा २ मा अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशले २ नंं. क्षेत्रीय सभापति सन्जु भारतीको नेतृत्वमा सर्वसम्मत समिती गठन गरेको छ ।
त्यसैगरी क्षेत्र नं. २ प्रदेश (क) सभापतिमा सपना डागी र प्रदेश (ख) मा निरज ढकालको नेतृत्वमा समिति गठन भएको छ ।त्यसैगरी क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको पनि निर्वाचन सम्पन्न गरेको छ ।
निर्विरोध निर्वाचित महासमिति सदस्यहरुमा बिवेककेशरी प्रसाईं, हर्कलाल गिरी, कृष्ण हुमागाई, ओमकृष्ण बिमली र मदन बुढाथोकी रहेका छन् । उनीहरु खुल्ला कोटाबाट निर्वाचित भएका हुन् ।
त्यसैगरी महिला खुल्ला कोटाबाट मिरा खडका र टीका मैनाली तथ समावेशी महिला कोटाबाट राधिका चुडाल सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी समावेशी कोटाबाट दिपेन्द्र कार्की, नारायणप्रसाद पौडेल र अशोक चौधरी निर्वाचित भएका छन् भने २८ बर्ष मुनीका नवयुवाबाट खुशी सिटौला र ४० बर्ष मुनीका युवाबाट प्रवेश बस्नेत चयन भएका छन् ।
यसअघि भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनबाट बिवेककेशरी प्रसाईं, हर्कलाल गिरी, कृष्ण हुमागाई, ओमकृष्ण बिमाली, मदन बुढाथोकी पदमसुन्दर लामिछाने, बिष्णु खरेल, मेघराज ढकाल (राज), सिताराम सिटौला र दिपकिशर घिमिरे खुल्ला कोटाबाट निर्वाचित भएका थिए ।
त्यसैगरी महिला खुल्ला कोटाबाट मिरा खडका, टीका मैनाली, पार्वता खरेल र शुसिला संग्रौला निर्वाचित भएका छन् । त्यसैगरी समावेशी कोटाबाट दिपेन्द्र कार्की (दिपक), नारायणप्रसाद पौडेल युवराज दाहाल, भक्ति प्रसाद गौतम, नारायण भारती, राधिका चुडाल, गोमा दङ्गाल, अशोक चौधरी, पाण्डवलाल चौधरी, राजनारायण साह र टेकबहादुर सार्की निर्वाचित भएका छन् ।
त्यसैगरी २८ बर्ष मुनीका नवयुवाबाट खुशी सिटौला र नैतिक अग्रवाल, ४० बर्ष मुनीका युवाबाट प्रवेश बस्नेत र अभिषेक रिजाल, प्रजातन्त्र सेनानी र द्वन्द्वपीडित कोटाबाट डिल्लीराम सिटौला र सुमन पोद्धर चयन भएका छन् ।
त्यसैगरी बिज्ञबाट नारायणप्रसाद पौडेल र श्रमिक कोटाबाट देबीप्रसाद कार्की निर्वाचित भएका छन् भने अपाङ्ग कोटाटाट भीमबहादुर चेम्जोङ्ग सर्वसम्मत निर्वाचित भएका छन् । अन्य कोटाबाट दिपेन चौधरी र संजय न्यौपाने निर्वाचित भएका मतदान अधिकृत अनुषा चुडालले जानकारी दिइन् ।
प्रतिक्रिया 0