भद्रपुर ।
नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षले झापामा वडा अधिवेशन प्रारम्भ गरेको छ । भद्रपुर–७ नं। वडा अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गोमा भट्टराईले विशेष महाधिवेशन पक्षले अदालतको फैसला अघिवेशन शुरु गरेपछि आफुहरुले पनि वडा अधिवेशन प्रारम्भ गरेको बताइन् ।
नियमित महाधिवेशन गर्ने समय भैसकेको अवस्थामा नेपाली काग्रेसलाई चुनावको मुखमा बिभाजन गर्नेले गर्द काग्रेसको लज्जाजनक हार भएको भनाई उनले राखिन् । नेपाली काग्रेस नियमित महाधिवेशन झापा जिल्ला संयोजनक कृष्ण हुमागाईले नेपाली काग्रेस पार्टी स्थापना गर्ने महान नेताहरु बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधिको बिरासतलाई त्यागेर, अपमान गरेर असली काग्रेस हुन नसकिन भएर नै आफुहरु निष्ठापुर्वक मैदानमा उभिएको बताए।
अदालतबाट फैसला आउन्जेलसम्म पर्खिउ, अनि एकताको महाधिवेशन गरौं भन्दा विशेष अधिवेशन पक्षले नमानेपछी वर्तमान अवस्था आएको बताए । पार्टीको आधिकारिकता सम्बन्धमा अदालतले शुरुबाटै मुद्दा हेर्ने भनेर आफुहरुलाई निस्सा दिएको बताउदै नेता हुमागाईले अब फैसलापछी आधिकारिकताको लालपुर्जा पनि अफुल्हरुले नै पाउने बिश्वास रहेको भनाइ थियो ।
वडा अधिवेशन तयारी समितिका संयोजक भीमप्रसद ढकाल हरीको सभापतित्वमा भएको सो अधिवेशनबाट द्वारिका श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ ।
मतदान अधिकृत हरि पराजुलीका अनुसार ३१ जन विभिन्न कलस्टरमा क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी भद्रपुर ९ मा पनि सुरेश घिमिरेको सभापतिमा निर्वाचित भएका छन् । कार्यसमितिमा ११ जना रहेका छन् ।
क्षेत्रीय प्रतिनिधिमा २१ जना निर्वाचित भएको मतदान पंकज प्रसाईले जानकारी दिए। वडा सभापति चेतनाथ भट्टराईको सभापतित्वमा सम्पन्न सो वडा अधिवेशनला गोमा भट्टराई, कृष्ण हुमागाई, प्रजातन्त्र सेनानी पुर्व महासमिति सदस्य हेमकुमार थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


















