बिर्तामोड ।
प्राकृतिसँगै कसैको हो लाग्दैन भन्ने सन्देश दिने उदेश्यले गिरी ग्राण्ड फिल्म प्रालिका अध्यक्ष युवराज गिरीको परिकल्पना तथा निर्माणमा तयार गरिएको ‘बगेका सपनाहरु’ नामक नाटकको ‘बगेका सपनाहरु’ नामक नाटकको प्रिमियर शो मन्चन, दर्शकद्धारा नाटक उत्कृष्ट रहेको भन्दै प्रशंसा शो आज (आइतवार) मन्चन गरिएको छ । नाटकमा गत भदौं १० गते रसुवाको भोटेकोशी–त्रिशुलीमा आएको बिनाशकारी वाढीको कथालाई समेटिएको छ ।
उक्त बाढीबाट पिडीत बनेकाको सहयोगार्थ ‘बगेका सपनाहरु’ नामक नाटक मन्चन हुन लागेको हो । बाढीपिडीतका लागि नाटकबाट भएको आम्दानीको ५० प्रतिशत सहयोग गर्ने उदेश्य रहेको गिरी ग्राण्ड फिल्म प्रालिका अध्यक्ष युवराज गिरीले जानकारी दिए । नाटक असोज १२ गतेदेखि १६ गतेसम्म बिर्तामोडस्थित झापा नाटक घरमा मन्चन हुने भएको छ ।
पूर्णिमा निर्दोषको लेखन रहेको नाटक बगेका सपनाहरुको निर्देशन गजेन्द्र पृथकले गरेका छन् । झापा नाटक घरमा ४ दिनसम्म मन्चन हुने नाटक दैनिक ५ शो देखाइने गिरीले बताए । ४ दिनसम्म दैनिक बिहान ६ः३० बजे, ८ बजे, ११ बजे, दिउँसो १ बजे र बेलुका ५ बजे नाटक मन्चन हुनेछ । २ सय रुपैयाँ टिकट रहेको नाटकमा बिद्यार्थीहरुका लागि भने रु एक सय मात्र लिने बताइएको छ ।
नाटकको प्रिमियर शोमा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोलाले नाटक एकदमै उत्कृष्ट रहेकोले सवैले एक पटक हेर्न आग्रह गरेका छन् । उनले गत भदौं १० गते जसरी वाढीले बिनाश गरेको थियो हुवहु त्यसै कथालाई प्रत्यक्ष हेरेको अनुभव भएको बताए । प्राकृतिसँग कसैको केही लाग्दैन र सकेसम्म प्राकृतिलाई चुनौती दिन नहुने नाटकको मुख्य भाव रहेको उनको भनाई थियो ।


















