बिर्तामोड ।
बाढी पिडीतको सहयोगार्थ ‘बगेका सपनाहरु’ नामक नाटक मन्चन हुने भएको छ । गत भदौं १० गते भोटेकोशी–त्रिशुलीमा आएको बिनाशकारी बाढीपिडीतका लागि नाटकबाट भएको आम्दानीको ५० प्रतिशत सहयोग गर्ने उदेश्यले असोज १२ गतेदेखि झापामा बगेका सपनाहरु नामक नाटक मन्चन हुन लागेको हो ।
गिरी ग्राण्ड फिल्मस् प्रालिको परिकल्पना तथा निर्माण रहेको नाटक मन्चनबाट भएको आम्मदानीको ५० प्रतिशत बाढीपिडीतलाई सहयोग गर्ने गिरी ग्राण्ड फिल्म प्रालिका अध्यक्ष युवराज गिरीले जानकारी दिए ।
नाटक असोज १२ गतेदेखि असोज १६ गतेसम्म झापा नाटक घरमा मन्चन हुनेछ । पूर्णिमा निर्दोषको लेखन रहेको नाटक बगेका सपनाहरुको निर्देशन गजेन्द्र पृथकले गरेका छन् । झापा नाटक घरमा ४ दिनसम्म मन्चन नाटक दैनिक ५ शो देखाइनेछ ।
४ दिनसम्म दैनिक बिहान ६ः३० बजे, ८ बजे, ११ बजे दिउसो १ बजे र बेलुका ५ बजे नाटक मन्चन हुनेछ । २ सय रुपैयाँ टिकट रहेको नाटकमा बिद्यार्थीहरुका लागि भने रु एक सय मात्र रहेको बताइएको छ ।


















