चारपाने ।
झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेकोे सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आसन्न निर्वाचनमा हेमराज गिरीले स्वतन्त्र रुपमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिएर चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । निर्वाचनमा अत्याधिक मतले बिजयी हुने गिरीको दावी रहेको छ ।
साकोसका संस्थापक सदस्य रहेका गिरीले दुई कार्यकाल संस्थाको सञ्चालक समिति सदस्यमा रहेर कुसलतापूर्वक कार्य सम्पादन गरिसकेका छन् । गिरीले यहि असोज १० गते हुन लागेको संस्थाको सञ्चालक समितिको बरिष्ठ उपाध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।
आफुले बरिष्ठ उपाध्यक्ष पदमा जितेको खण्डमा संस्थाको गरिमालाई उच्च र हितलाई ध्यानमा राखेर शेयर सदस्य र कर्मचारीका हितमा काम गर्ने बताएका छन् ।
संस्थाको निर्वाचनमा तीन वटा प्यानलसहित स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दिएर अहिले चुनावी प्रचारप्रसारलाई तीव्र पारिरहेका छन् । गिरीले भने प्यानलबाट बाहेक रहेर स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । उनले सम्पूर्ण शेयर सदस्य तथा मतदाताहरुलाई अत्याधिक मत दिएर बरिष्ठ उपाध्यक्ष पदमा बिजयी गरिदिनसमेत आग्रह गरेका छन् ।


















