झापा ।
नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर उषा केसी पोखरेलले नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । तीजलाई लक्षित गरेर नयाँ ‘तीज गीत घर’ युट्व च्यानल मार्फत केही दिन अघि सार्वजनिक भएको थियो । गीतले तीजको सांस्कृतिक पक्षसँगै नेपाली समाजमा देखिने सामाजिक परिवेश, सम्बन्ध र समसामयिक विषयलाईसमेत प्रस्तुत गर्ने प्रयास गरेको छ।
गीतमा उषा केसी पोखरेलको स्वर रहेको छ भने मंगल बिकको संगीत तथा मंगल बिक र उषा केसी पोखरेलको शब्द रहेको छ। गीतको मिक्स तथा मास्टर डिका गुरुङले गरेका छन् भने रेकर्डिस्ट तथा एरेन्जमेन्ट दीपक बि।कको रहेको छ। गीतको रेकर्डिङ डिजिटल काठमाडौं स्टुडियोमा गरिएको हो।
गीतको भिडियोमा अञ्जली तामाङ, नेत्र जी पन्त, शकुन्तला देवकोटा पाण्डे, गेबिका पन्त, प्रिया प्रसाद पन्त, तारा बन्जारा र परमिला पाण्डेलगायत कलाकारको अभिनय रहेको छ। भिडियोमार्फत नेपाली समाजको पारिवारिक जीवन, सामाजिक सम्बन्ध र तीजको सांस्कृतिक माहोललाई प्रस्तुत गरिएको छ।
भिडियोको छायांकन, सम्पादन तथा कलर जोन किरातीले गरेका छन्। मेकअप शेखरले गरेका छन् भने लाइटमा एमआरसी तामाङ र प्रेम गुरुङ रहेका छन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन जोन किरातीले गरेका हुन् भने निर्देशन मंगल बिकको रहेको छ।
भिडियोपनि:


















