बिर्तामोड ।
भोटेकोशीका बाढी प्रभावितहरुलाई अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला समिति झापाले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । अनेमसंघ झापाले अनेमसंघ केन्द्रीय कमिटी मार्फत प्रधानमन्त्री विपद् राहत कोषमा सहयोग रकम जम्मा गर्ने अध्यक्ष लीला दाहालले जानकारी दिइन् ।
बिर्तामोडमा सोमवार आयोजित जिल्ला स्तरीय सामाजिक सुरक्षा, संगठन र सदस्यता बिषयक एक दिवसीय प्रशिक्षण कार्यक्रमको अवसरमा बाढी प्रभावितलाई सहयोग गर्ने जानकारी गराइएको थियो ।
अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अनेमसंघ कोशी प्रदेश समिति सचिब दुर्गा काफ्ले, नेकपा एमाले जिल्ला अध्यक्ष प्रेम गिरी, नेकपा एमाले केन्द्रीय सदस्य जलवर्षा राजबंशी, पार्टी जिल्ला उपाध्यक्ष शिव ढुङगेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
जिल्ला स्तरीय प्रशिक्षणमा मेनुका काफ्ले र हेमकला कट्टेलले सहजीकरण गरेकी थिइन्। जिल्ला अध्यक्ष लीला दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जानुका न्यौपानेले गरेकी थिइन् भने संचालन सचिब कोपिला चौलागाईले गरेकी थिइन् । कार्यक्रममा झापा क्षेत्र नं. १,२ र ३ बाट अगुवा महिलाहरुको सहभागी रहेको थियो ।


















