बिर्तामोड ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगर कमिटीको एकता बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ । बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानको सभाहलमा आज (बिहीवार) सम्पन्न भएको छ। पार्टीका बिर्तामोड नगर संयोजक जेबी जबेगुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर कमिटी सह–सयोजक जगन्नाथ भट्टराईले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश समितिका संयोजक हर्कबहादुर नेम्वाङ (मीक्सो) रहेका थिए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्लाका सह–इन्चार्ज बासु दुलाल, सीपी कडेरिया, केन्द्रीय सदस्यहरू ज्योतिसिंह दर्लामी, गगन पुरी, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक खड्गबहादुर तिम्सिना (पवन), पार्टी केन्द्रीय सदस्य तथा सह–संयोजक बीपी भट्टराई, जिल्ला सह–संयोजक रोम घिमिरे, अखिल नेपाल महिला संगठनका केन्द्रीय सचिवालय सदस्य निरु खतिवडा, पार्टीका प्रदेश कमिटि सदस्य तथा दुई नम्बर निर्वाचन क्षेत्रका इन्चार्ज जितेश योन्जन, सहायक इन्चार्जहरू डाक्टर मुरलीप्रसाद शाह, जोया सुब्बा, पार्टीका २ नम्बर निर्वाचन क्षेत्रका संयोजक कुमार आचार्यको आतिथ्य रहेको थियो ।
यसैगरी कार्यक्रममा सह–संयोजक सरस्वती लिम्बु, निर्वाचन क्षेत्र १ का सह–संयोजक अस्मित कला लिम्बु, प्रदेश सदस्यहरू हिरा राजवंशी, दिपक उप्रेती, बिर्तामोड नगरका इन्चार्ज मोहन सुब्बा, सह–इन्चार्ज कमलप्रसाद कडेरिया, मदन खड्का, गणेश कालिकोटेलगायतको पनि आतिथ्य रहेको थियो । स्वागत सुशीला पाण्डेले गरेको कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय सचिवालय सदस्य निरु खतिवडा, पार्टी केन्द्रीय सदस्य ज्योतिसिंह दर्लामी, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सहायक इन्चार्ज बासु दुलालले शुभकामना मन्तव्य राखेका थिए ।
नवगठित कमिटीलाई शपथ ग्रहण केन्द्रीय सदस्य गगन पुरीले गराएका थिए । कार्यक्रमममा सम्बोधन गर्दै नेता बासु दुलालले पार्टी नेताहरुले आफ्ना जीवनशैली कार्यशैलीमा व्यापक रूपान्तरणको आवश्यकता रहेको र आफैबाट गल्ती माथि गल्ती हुँदा आन्दोलनले धक्का खाएको बताएका छन् । उनले आगामी दिनमा गल्ती कमजोरी नगर्ने र रुपान्तरण हुने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि हर्कबहादुर नेम्बाङले नेता कार्यकर्तालाई विचलित नभईकन निरन्तर पार्टीका निर्माणको कार्यमा सक्रिय रहन आग्रह गरे । वर्तमान राष्ट्रिय राजनीतिको चर्चा गर्दै प्रमुख अतिथि निम्बाङले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार र वर्तमान प्रधानमन्त्रीबाट देशले जनताले सोचेको परिवर्तन नहुने स्पष्ट पार्दै नयाँ ढङ्गबाट समाजवादी क्रान्तिको तयारी गर्न आग्रह गरे । बैठकले ७५ सदस्य नगर कमिटी गठन गरेको युवा नेता दीपक उप्रेतीले जानकारी गराएका छन् ।
प्रतिक्रिया 0