झापा । 

भारतीय चर्चित अभिनेता प्रदीप रावतको निधन भएको छ । अभिनेत्री समेत रहेकी उनकी पत्नी कल्याणी र व्यवस्थापक सिद्धार्थ तिवारीले रावतको निधनबारे पुष्टि गरेका छन् ।

कल्याणीका अनुसार मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा अभिनेताले मंगलबार अन्तिम सास लिए । त्यसपछि उनको शवलाई त्यहाँबाट नजिकै पर्ने गोरेगाउँस्थित निवासमा लगिएको थियो । ७४ वर्षिय रावत रक्त क्यान्सरबाट पीडित थिए । आज बुधबार बेलुका मुम्बइमै उनको अन्तिम संस्कार गरिने भएको छ । 

रावतले लगान र गजिनीजस्ता चर्चित बलिउड फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका छन् । उनी महाभारत सिरियलमा अस्वस्थामाको भूमिकामा देखिएका छन् । उनले नेपाली फिल्म ह्रस्वदीर्घ र आबाट आमामा पनि अभिनय गरेका छन् ।