बाह्रदशी ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को बाह्रदशी गाउँ कमिटीको प्रथम एकता बैठक सम्पन्न भएको छ । मंगलबार पार्टीका गाउँ कमिटीका संयोजक प्रविण राजवंशीको अध्यक्षता तथा संविधानसभा सदस्य पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको हो ।
बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य चन्द्रमाया श्रेष्ठ, पार्टी केन्द्रीय कमिटीका सदस्य तथा झापा जिल्लाका सहायक इन्चार्ज बासु दुलाल, पार्टी केन्द्रीय कमिटी सदस्य वेदराज रेग्मी, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक खड्कबहादुर तिम्सिना (पवन) पार्टी केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला सह–संयोजक बीपी भट्टराईलगायतको रहेको थियो ।
यसैगरी बैठकमा प्रदेश कमिटीका सदस्यहरू जोया सुब्बा, सरस्वती लिम्बु, पुकार राजवंशी, नरेश सन्जेल, चेतराज राजवंशी, हिरा राजवंशीसहित जिल्ला कमिटीका सदस्यहरु, पालिकाका सहायक इन्चार्जहरू, निर्वाचन क्षेत्रका संयोजक, निर्वाचन क्षेत्रका सहायक इन्चार्ज इन्चार्जहरुलगायतको उपस्थिति रहेको थियो।
बैठकमा जोया सुब्बा, पदम थापा, बेदराज रेग्मी, चन्द्रमाया श्रेष्ठलगायतका अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए । बैठकका प्रमुख वक्ता प्रमुख अतिथि पूर्णसिंह राजवंशीले नेपाली कम्युनिस्ट पार्टीको नीति कार्यक्रमप्रति जनताको झुकाव बढ्दै गएको बताए । उनले अब निराशा हुनु नपर्ने भन्दै झापा जिल्लाले ऐतिहासिक विरासतलाई फर्काउने गरी काम गर्ने बताए । उनले निराश नभइकन जनता बीचमा पुग्न र सक्रिय भूमिका खेल्न आग्रह गरेको पार्टी केन्द्रीय सदस्य बासु दुलालले जानकारी दिए ।


















