झापा ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिवार झापा दुई पालिकामा एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आज एकैदिन झापाको शिवसताक्षी नगरपालिका र हल्दीबारीमा गाउँपालिका स्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको पार्टीका केन्द्रिय सदस्य तथा झापा सह–इन्चार्ज युवा नेता बासु दुलालले जानकारी दिए ।
शिवसताक्षी नगर कमिटीमा दुर्गा नेम्वाङको संयोजकत्वमा १०१ र हल्दीवारी गाउँपालिकामा खकेन राजवंशीको संयोजकत्वमा ५१ सदस्यीय पालिका कमिटी घोषणासँगै सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
शिवसताक्षी नगर कमिटीको प्रथम एकता भेला पार्टीका केन्द्रीय नेता झलकसिंह दर्लामी (सन्देश) को प्रमुख आतिथ्य रहेको थियो ।
यस्तै कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहायक इन्चार्जहरु बासु दुलाल, सीपी कडेरिया, दिपेनवाला राई, जिल्ला संयोजक खड्ग तिम्सिना (पवन), जिल्ला सह–संयोजक बीपी भट्टराई केन्द्रीय सदस्यहरू प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटी सदस्य समेतको उल्लेख्य सहभागिता थियो।
हल्दीबारी गाउँपालिका कमिटीको एकता भेलामा प्रमुख अतिथि पूर्णसिंह राजवंशी रहेका थिए भने विशिष्ट अतिथिको रुपमा पार्टी केन्द्रीय सदस्य चन्द्रमाया श्रेष्ठ रहेकी थिइन् ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला सहायक इन्चार्ज बासु दुलाल, जिल्ला संयोजक खड्ग तिम्सिना (पवन), जिल्ला सह–संयोजक बीपी भट्टराई, केन्द्रीय सदस्य बेदराज रेग्मी, मोहन टुडु, प्रदेश सचिवालय सदस्य डाक्टर मुरलीप्रसाद शाहसहित विभिन्न तह र तप्कामा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । झापाका १५ पालिकामध्ये पाँच पालिकाको कार्यक्रम सम्पन्न भइसकेको युवा नेता दुलालले जानकारी दिए ।


















