बुधवारे ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बुद्ध शान्ति गाउँपालिका कमिटीको एकता बैठक तथा महानसहित छविलाल आचार्य २४ औँ स्मृति दिवस सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य झलकसिंह दर्लामीको प्रमुख आतिथ्य रहेको थियो ।
पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला सह–इन्चार्ज बासु दुलाल, केन्द्रीय सदस्य तथा सह इन्चार्ज सीपी कडरिया, केन्द्रीय सदस्य श्याम लिम्बु र केन्द्रीय सदस्य असिमको समेत आतिथ्य रहेको थियो।
कार्यक्रममा पार्टीका प्रदेश सचिवालय सदस्यहरू, पार्टीका प्रदेश सदस्य तथा जिल्ला कमिटी सदस्यसहित बुद्ध शान्तिका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो ।
केन्द्रीय सचिवालय सदस्य तथा २ नम्बर निर्वाचन क्षेत्रका स– इन्चार्ज जोया सुब्बा, संयोजक कुमार आचार्य, सह–संयोजक सरस्वती लिम्बुको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा जोया सुब्बा र जिल्ला सह–संयोजक बीपी भट्टराई, बासु दुलाल, सीपी कडेरियालगायतले शुभकामना मन्तव्य राखेका थिए ।


















