काँकरभिट्टा । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मेचीनगर नगरपालिका समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ । पार्टी निर्माण र रूपान्तरणको महाअभियानमा होमिएको नेकपाले धुलाबारीमा शनिवार कार्यक्रम सम्पन्न गरेको हो । 

मेचीनगर समितिका संयोजक खगेन्द्र सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय प्रचार विभागका उप–प्रमुख प्रखर वक्ता अशेष घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज बासु दुलाल, चन्द्रप्रकाश कडरिया र वीरेन्द्र बस्नेतसहित केन्द्रीय सदस्य डिलीराम घिमिरे (हिक्मत), सौभाग्य असिम पार्टी जिल्ला संयोजक पवन सह–संयोजक बीपी भट्टराई, प्रदेश कमिटीका सचिवालय सदस्यहरु, निर्वाचन क्षेत्र कमिटीका इन्चार्ज सहायक इन्चार्ज तथा संयोजक, नगर कमिटीका इन्चार्ज सह–इन्चार्ज, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका सदस्यहरु, केन्द्रीय सल्लाहकारहरु, सहिद परिवारजनसहितको उल्ल्ेखिय  उपस्थिति रहेको थियो । 

मेचीनगर झापा जिल्लामा पहिलो नगर अधिवेशन गर्ने पालिकाको रुपमा प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न भएको थियो । मेचीनगरबाट सुरु भएको पालिका स्तरीय एकता कार्यक्रम चाँडैनै सबै पालिकामा हुने र त्यसपछि झापाका १३१ वटै वडामा वडा स्तरीय एकता कार्यक्रममा हुने युवा नेता बासु दुलालले जानकारी दिए । 

आज अर्थात आइतवार कनकाई नगरमा एकता बैठक तथा प्रशिक्षण हुने बताइएको छ ।