बिर्तामोड ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापा जिल्लामा कार्य विभाजन गरेको छ । नेकपाले झापामा संघीय निर्वाचन क्षेत्र प्रदेश निर्वाचन क्षेत्र र पालिका समितिको कार्य विभाजन गरी जिम्मेवारी तोकेको हो ।
नेकपाको गत असार २२ गते पार्टीको झापा जिल्ला कार्यालयको बैठकबाट यहि जिल्ला ईन्चार्ज पुष्प पोखरेलको प्रमुख आतिथ्य तथा सह–इन्चार्जहरुको उपस्थितिमा जिल्ला संयोजक खड्ग तिम्सिना (पवन) को अध्यक्षतामा जिल्ला कार्यालयको बैठक बसी विभिन्न विषयहरुमा छलफलसँगै कार्य विभाजन तोकेको पार्टीका केन्द्रिय सदस्य तथा झापा सह–इन्चार्ज बासु दुलालले जानकारी दिए ।
वैठकले कार्य विभाजन अन्तरगत भौगोलिक कार्य विभाजन मात्र गरेको बताइएको छ । छलफलबाट पार्टी एकताको भावना, मर्म र स्प्रिटलाई आत्मासात गर्दै १५ वटा पालिका, १० वटा प्रदेश निर्वाचन क्षेत्र र ५ वटा संघीय निर्वाचन क्षेत्र अनुसार कार्य विभाजन गरिएको छ ।
पार्टीले गत असार २६ गते सार्वजनिक गरिएको कार्य विभाजन अनुसार यसरी तोकिएको छ जिम्मेवारीः



















