झापा ।
झापा गाउँपालिका–५ पन्थापाडा हुलाकी राजमार्गबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरी चौकी शरणामतीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
सोमवार साँझ ७ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेका झापा बिर्तामोड नगरपालिका–१० अन्दाजी २२ बर्षीय रोहित कटुवाल र सोही स्थानका २७ बर्षीय सन्तोष राजवंशी पक्राउ परेका हुन् ।
उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा दुवै जनाले ४ वटा कालो प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाईलो खैरो पदार्थ प्लाष्टिक बाहेक ५ ग्राम ३० मिलिग्राम परेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















