विर्तामोड ।
नेपाल प्रजातन्त्र सेनानी संघ झापाको उपाध्यक्षमा शेखरनाथ अधिकारी मनोनितभएका छन् । यसअघि निर्वाचित उपाध्यक्ष उत्तम सुवेदीले स्वास्थ्यका कारण राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा संघको विधान अनुसार अधिकारीलाई मनोनित गरिएको हो ।
संघको विधान अनुसार २ जना उपाध्यक्ष रहन्छन् । प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौलाको अध्यक्षतामा आज सम्पन्न बैठकले अधिकारीलाई उपाध्यक्षमा एवं संघको विधान अनुसार केदार खड्का, नारायण पौडेल र दिपेन पाठकलाई संघको सदस्यमा मनोनित गरिएको सचिव पङ्कज घिमिरेले जानकारी दिए ।
बैठकले प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा झापा धुलाबारी निवासी याम भण्डारीको असामयिक निधनप्रति दुःख ब्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ भने शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गरेको अर्का उपाध्यक्ष ज्ञानमणि भुर्तेलले जानकारी दिए । याम भण्डारीको गत जेठ २९ गते उपचारको क्रममा निधन भएको थियो ।
भूर्तेलका अनुसार संघले वी.पी. स्मृति दिवसको अवसर पारेर आगामी साउन ६ गते संघको जिल्ला भेला आयोजना गर्ने निर्णय पनि गरेको छ ।


















