बिर्तामोड । 

एकपछि अर्को म्युजिक भिडियो दर्शक माफ पस्कदै आएका युवराज गिरी पुनः नयाँ  ‘रम्बा रम्बा’ बोलको गीत दर्शकमाझ ल्याएका छन् । यसै क्रममा गिरीले नयाँ म्युजिक भिडियो ‘रम्बा रम्बा’ सार्वजनिक गरेका छन्  । गायक कर्णराज गिरीको स्वरमा सजिएको उक्त म्युजिक भिडियो शुक्रवार गिरी ग्राण्ड फिल्मस्को युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

लिरिस अर्पणजंग गिरी (अर्पण) को रहेको म्युजिक भिडियोलाई म्युजिक दिएका छन् विकास चौधरीले भने एरेन्ज बुद्ध संवाले गरेका छन् ।  रेकोर्डष्टि अनिश लिम्बु, स्टुडियो ए लेवल रहेको म्युजिक भिडियोमा अभियन युवराज गिरी र अन्जु सुनवारको रहेको छ । 

म्युजिक भिडियोको डाइरेक्शन संगीत सागर बुर्जा, सिनेमाटोग्राफर ओम प्रसाई, इडिटर आर्यन पोखरेल, मेकअप सम्झना माया÷उर्मिला लामा, लाइट मेघराज धिमाल र पोडक्शन बिजय रसाइली रहेका छन् । गिरीको रम्बा रम्बा बोलको म्युजिक भिडियोले पनि सजिलै दर्शको मन जित्नेमा दुइमत नगरेको उनको भनाई छ ।

गिरीका यसअघिको म्युजिक भिडियो ‘इन युवर स्कुटर’ र ४० को म २० उ बोलको गीत दर्शकमाफ निक्कै लोकप्रिय बनेका थिए । 

भिडियो पनि: