झापा ।
झापाको दमक नगरपालिका–५ बाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । सोही स्थानका तुलसी माझीले आफ्नो डेरा कोठामा लागूऔषध ब्राउन सुगरको कारोवार गर्ने गरेको भन्ने विशेष सुचानको आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनीहरुलाई गएराति १० बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दम–५ का २३ बर्षीय तुलसी माझी सोही स्थानका ३० बर्षीय राज माझी छन् । तुलसी माझीलाई उनकै डेरा कोठाबाट प्लाष्टिकमा पोको पारी राखेको अबैध लागूऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक ८ ग्राम ४१० मिलिग्राम, नगद ५६ हजार ६०० रुपैयाँ र मोबाईल सेट थान२ समेत नियन्त्रणमा लिइएको थियो ।
उनलाई पक्राउ गरि सोधपुछ क्रममा उक्त लागु औषध बिक्री गर्ने भनि बताएकोले दमक –५ राज माझीलाई समेत पक्राउ गरिएको बताइएको छ। उनीहरुलाइ लागूओषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















