बिर्तामोड ।
वरिष्ठ गायक रामकृष्ण ढकाल यही ८ गते मंगलबार आफ्नो साँगीतिक प्रस्तुतीका लागि बिर्तामोड आउने भएका छन् !म्यूजिकल टूर २०२६ का लागी बिर्तामोडबाट आफ्नो म्यूजिकल टोलीसहित बिर्तामोडमा प्रस्तुती दिने बताईएकोछ ।
गोर्खा फाउण्डेशन नेपालको आयोजनामा उक्त कार्यक्रम हुने अध्यक्ष वीरु दर्नालले बताए । बिर्तामोडको वन स्टप मल परिसरमा नि:शूल्क खुल्ला साँगीतिक कार्यक्रम हुने बताईएकोछ ।
।उक्त कार्यक्रममा गायक ढकाल , रचना रीमाल, वर्षा राउत , बिजय बराल, म्याक्सम गौडेल, जिवन पराजुली, अयुप पौडेललगायतको टिम रहने बताईएकोछ ।
मंगलबार बेलुका ४ बजे हुने उक्त कार्यक्रमकै अवसरमा गायक ढकालको प्रस्तुती रहेको मालती मंगली चलचित्रको बारेमासमेत दर्शकलाई जानाकारी दिने जनाईएकोछ । यही २५ गतेदेखि एकैसाथ देश भरी उक्त चलचित्र प्रदर्शनमा आउने भएकोछ ।


















