झापा ।
झापाको भद्रपुर नगरपालिका–६ गिरीचोकबाट लागूऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छनु् । आज (शुक्रवार) दिनको ३ बजेको समयमा सोही स्थानका शोभित यादबको घर भाडामा बस्दै आएका भारतको ठाकुरगञ्जका अन्दाजी ३७ बर्षीय बेचन यादब पक्राउ परेका हुन् ।
गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले बेचन यादबलाई नियन्त्रणमा लिई घरमा खानतलासी गर्दा उनी बस्दै आएको घरको कम्पाउण्डमा लुकाई छिपाई ईटाको चाङमा राखिएको लागुऔषध अर्थात ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक तौल गर्दा २० ग्राम ६९० मिलिग्राम फेला परेको थियो ।
उक्त लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।

















