बिर्तामोड ।
चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको अध्यक्षमा एकराज प्रधान सर्वसम्मत निर्वाचित भएका छन् । संघको प्रथम झापा जिल्ला अधिवेशनबाट प्रधानको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । झापाको बिर्तामोडमा आज (सोमवार) सम्पन्न संघको प्रथम अधिवेशनले प्रधानको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिता तामाङ, सचिवमा सुरज प्रधान, सह–सचिवमा अभिषेक धमला र कोषाध्यक्षमा अस्मिता साँखी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा भरत प्रसाई, रवि किरण बान्तवा, सरोज भट्टराई, टिकाराम बास्तोला, देवीचन्द्र बास्कोटा, राजेश आचार्य, सोफिया खड्का, सन्देश सहनी, वीरेन्द्र तिवारी, सबिना लिम्बु, बिजयराज भट्टराई र सपना रिमाल रहेका छन्
अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा सुनिता तामाङ र विकिरण बान्तवा तथा प्रदेश प्रतिनिधिका रूपमा रमेश तिवारी, विष्णुकुल श्रेष्ठ, सुनिरा मैनाली, सन्तोष न्यौपाने, सन्तोष शर्मा र उद्धव पुरीलाई चयन गरेको छ।
चलचित्र पत्रकार संघ नेपाल झापा शाखाका अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक नरेन्द्र बस्नेतको प्रमुख आतिथ्य रहेको थियो। स्वागत सदस्य सुनिता तामाङले गरेको कार्यक्रममा औचित्यमाथि अध्उयक्ष तिवारीले प्रकाश पारेका थिए।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपाने, चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशकी अध्यक्ष सन्जु राई, नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन सचिव एकराज प्रधानले गरेका थिए ।


















