झापा । 

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा यो समाचार तयार पार्दासम्ममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेर पहिलो भएको छ भने एक स्थानमा अग्रता कायम राखेको छ । 

निर्वाचन आयोगबाट आज विहान ६ बजे प्राप्त तथ्याङक अनुसार रास्वपा १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ । नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा एमालेले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ ।

नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् । समानुपातिकतर्फ पनि ७५ लाख ७५ हजार १९३   गणना हुँदा रास्वपाले ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरिसकेको छ।