झापा ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेललाई ३९ हजार ८३८ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् ।
लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा उनले ५४ हजार २७६ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी मीनाकुमारी खरेल ले १४ हजार ५६४ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गरेका छन् । चितवन–२ मा कुल ८७ हजार २२१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।


















