बिर्तामोड ।
झापा बिर्तामोड नगरपालिका–५ स्थित ग्लोबल आईएमई बैक छेउमा तास खेलिरहेको स्थानबाट चार जनालाई पक्राउ गरेको छ । गएराति १०ः३० बजेको समयमा सोही स्थानका ४४ बर्षीय पुरुषोतम सुबेदीको घरमा तास खेलाईरहेको भन्ने जानकारी प्राप्त हुना साथ प्रहरी गएको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चार जना जुवाडेसहित १ बुङ तास र नगद १८ हजार ५३५ रुपैयाँ नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ पर्नेमा बिर्तामोड–५ का ३५ बर्षीय अमरबहादुर तामाङ, सोही स्थानका ४९ बर्षीय पुरुषोतम सुबेदी, ३९ बर्षीय युवराजप्रसाद साह र भारत वेष्ट बंगाल उत्तर दिनासपुरका ३३ बर्षीय बिपुल रोय छन् ।
उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । संकेत तस्वीर
















