- पवन किराती
अर्जुनधारा ।
गणतन्त्रलाई संस्थागत गर्दै समाजवादबाट राष्ट्रलाई समृद्ध बनाउन नेकपा तयार भएको झापा क्षेत्र नम्बर २ की उम्मेद्वार धर्मशीला चापागाईंले बताएकी छिन् ।
झापा क्षेत्र नम्बर २ ‘ख’ अन्तर्गत गरिएको मोटरसाइकल र्यालीमा सहभागि चापागाईंले सम्बोधन गर्दै भनिन् –‘०७२ को संविधान हुँदै गणतन्त्र स्थापित गर्यौं । त्यसमा अन्य फूलहरु फूले, मौका पाए । पूर्ण समानुपातिक, समाजवाद उन्मुख नीतिबाट जनतालाई स्वास्थ्य, शिक्षा निःशुल्क गर्नुपर्ने, अव्यवस्थित बसोबासलाई पूर्णता दिनुपर्ने महिला, दलित, उत्पीडित वर्गलाई सम्मानतामा उभ्याउनुपर्ने दिन आएको हुँदा संस्थागत गर्ने पार्टी नेकपालाई थप जिम्मेवारी आएको बताए ।
आफू घरदैलोमा हिड्दै गर्दा, मुद्दा र विचार सही भएको हुँदा तपाईको विजय सुनिश्चित भएको जनताले बताएका छन् । त्यसैले आफू विजयको संघारमा पुगेको ठोकुवा गरिन् ।
निर्वाचन परिचालन समितिका संयोजक हरिकुमार रानाको अगुवाईमा भएको र्यालीमा केन्द्रीय सदस्यहरु भास्कर काफ्ले, डा. वीपी मिश्र, पवन तिम्सिना, धनबहादुर पन्धाक, वाईसीएलका कुमार आचार्य, सीपी कडरिया, खड्क कन्दङ्वा, ज्योतिसिंह दर्लामी, प्रत्युस राना, तारा श्रेष्ठ, सन्ध्या मास्के लगायतको सहभागिता रहेको थियो । र्याली शान्तिपूर्ण रहेको खड्ग तिम्सिना पवनले बताए ।

















