झापा ।
झापा क्षेत्र नम्बर ३ अन्तर्गत कचनकवल गाउँपालिका–१ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार डील्लीराम घिमिरे ‘हिक्मत’ले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । स्थानीय बस्तीहरूमा आयोजित अभियानका क्रममा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति, कार्यक्रम र आगामी योजनाबारे जानकारी गराएका हुन् ।
घरदैलो अभियानमा स्थानीय अगुवा नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभियानका क्रममा उम्मेदवार घिमिरेले कृषक, मजदुर, युवा, महिला तथा सुकुम्बासी समुदायका समस्या सुन्ने र समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले देशमा व्याप्त बेरोजगारी, महँगी, भ्रष्टाचार र असमानताका विरुद्ध सशक्त रूपमा आवाज उठाउने बताउँदै जनताको पक्षमा निडर भएर काम गर्ने राखेर काम गर्ने धारणा राखे ।
स्थानीय बासिन्दाहरूले पनि घरदैलो अभियानलाई सकारात्मक रूपमा लिँदै विकास र परिवर्तनका लागि स्पष्ट योजना आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। उम्मेदवार घिमिरेको सरल व्यवहार र प्रत्यक्ष संवादले मतदातामा उत्साह थपिएको स्थानीयहरूको भनाइ छ।


















