विर्तामोड ।
नेपाली कम्युनिष्ट पार्टीले झापा क्षेत्र नम्बर २ मा मतदाता शिक्षा कार्यक्रम शुरु गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. २ मा मतदातालाई शिक्षा दिन शुरु गरिएको हो । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर २ मा उम्मेद्वार बनेकी धर्मशीला चापागाँईलाई मतदाता गर्न मतदातालाई शिक्षा प्रदान गरिएको हो ।
मतदाता शिक्षा उपसमितिका संयोजक धनबहादुर पन्धाकको टोलीले आज (मंगलबार) प्रत्येक वडाका पार्टी नेतृत्वलाई भेटेर मतदातालाई मतदाता नमूना सामाग्री वितरण गरेको गर्दै मतदान गर्न सिकाइएको छ । मतदान गर्दा मत पत्र बदर नहोस भन्ने उदेश्यले नेपाली कम्युनिष्ट पार्टी झापा क्षेत्र नम्बर २ मा मतदाता शिक्षा उपसमितिले मतदातालाई सहज बनाउन मतपत्रमा भोट हाल्ने तरिका, मतपत्र पट्याउने तरिका मतदाताहरुलाई सिकाएको संयोजक धनबहादुर पन्धाकले बताए ।
आज झापा क्षेत्र नम्बर २ अन्तरगत बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, कनकाईका २ वटा वडा र बिर्तामोडमा पनि मतदाता शिक्षा प्रदान गरिएको संयोजक पंन्धाकले जानकारी दिए । बाँकि रहेका अन्य वडाहरुमा भोलि (बुधवार) मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
मतदाता शिक्षा कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव तथा १ नं. प्रदेश इन्चार्ज दिपिन राई मतदाता शिक्षा उपसमितिका सदस्य तीर्थ सिग्देललगायतको समेत उपस्थिति रहेको थियो ।


















