भद्रपुर । 

नेपाली कांग्रेसका झापा क्षेत्र नम्बर ३ का उम्मेदवार यतिबेला ‘एकता, इमानदारी र प्रतिबद्धता’ भन्ने मूल नाराका साथ तीव्र घरदैलो अभियानमा जुटेका छन् । उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या, सुझाव र अपेक्षाहरू सुन्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरिरहेका छन् ।

घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवारले क्षेत्रको दिगो विकास, सुशासन र पारदर्शितालाई पहिलो प्राथमिकता दिने उनले बताए। शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा ठोस योजना अघि सार्दै उनले जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे । ‘जनताको मत केवल जितका लागि होइन, परिवर्तनका लागि हो’ भन्दै उनले विकास निर्माणका काममा सबै पक्षलाई समेटेर अघि बढ्ने धारणा राखे । 

स्थानीय बासिन्दाले पनि सकारात्मक प्रतिक्रिया दिँदै क्षेत्रको विकास र स्थायित्वका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्। घरदैलो कार्यक्रम क्रममा विभिन्न टोल–बस्तीमा उत्साहजनक सहभागिता देखिएको छ।

आगामी निर्वाचनमा बलियो जन समर्थन प्राप्त हुने विश्वासका साथ झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारले आफ्नो अभियानलाई अझ सशक्त बनाउँदै लगेका छन् ।