झापा ।
आगामी संविधान सभारप्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारको टिकट डिल्ली घिमिरे (हिक्मत) लाई प्रदान गरिएको छ। लामो समयदेखि पार्टी संगठन निर्माण, जनतासँगको प्रत्यक्ष सम्पर्क र सामाजिक अभियानमा सक्रिय रहँदै आएका घिमिरेलाई पार्टीले योग्य र सक्षम उम्मेदवारको रूपमा अघि सारेको जनाएको छ।
घिमिरेले झापा क्षेत्र नम्बर ३ का विकास, सुशासन, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा युवामैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा स्थानीय उत्पादनको बजारीकरणमा विशेष जोड दिने बताए।
‘जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। क्षेत्रको समग्र विकास र जनताको अधिकार सुनिश्चित गर्न म प्रतिबद्ध छु,’ घिमिरेले भने ।
स्थानीय तहदेखि केन्द्रसम्म समन्वय गरी क्षेत्र नम्बर ३ लाई आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका दृष्टिले नमूना क्षेत्र बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ। पार्टीका नेता तथा कार्यकर्ताले समेत उनको उम्मेदवारीलाई स्वागत गर्दै विजय सुनिश्चित गर्न एकताबद्ध भएर लाग्ने बताएका छन्।
झापा क्षेत्र नम्बर ३ मा घिमिरेको उम्मेदवारीले चुनावी माहोल थप रोचक र प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ। डिल्लीराम ‘हिक्मत’ घिमिरेको राजनीतिक तथा सामाजिक परिचय
झापा जिल्लाका सक्रिय युवा नेता डिल्लीराम ‘हिक्मत’ घिमिरे नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि निरन्तर क्रियाशील व्यक्तित्वका रूपमा परिचित छन्। वि.सं. २०३७ साल वैशाख ६ गते बुबा दधिराम घिमिरे र आमा मधुमाया घिमिरेको सुपुत्रका रूपमा जन्मिएका घिमिरेले प्रारम्भिक शिक्षा सरस्वती प्रा.बि. हल्दीबारी–१ गोल्धापबाट हासिल गरेका थिए। त्यसपछि जनजागृती मा.वि. गोल्धापबाट २०५४ सालमा एसएलसी उत्तीर्ण गरेका थिए।
उच्च शिक्षाका लागि मेची बहुमुखी क्याम्पस, भद्रपुरमा आईए अध्ययन गर्दै बिएमा अध्ययनरत रहँदा २०५६/१०/२० गते तत्कालीन अखिल क्रान्तिकारी झापाको सातौं जिल्ला सम्मेलन स्थल सुरुङ्गाबाट पक्राउ परेपछि उनको औपचारिक शिक्षामा अवरोध आएको थियो।
राजनीतिक यात्रा
घिमिरेको राजनीतिक यात्रा २०५३ सालमा अखिल क्रान्तिकारी, जनजागृती मा।वि। इकाई अध्यक्षबाट सुरु भएको हो।
२०५४ सालमा तत्कालीन भूमिगत नेकपा (माओवादी) को गोल्धाप गाउँ सम्पर्क समितिमा संगठित भए।
२०५५ सालमा मेची बहुमुखी क्याम्पसको अखिल क्रान्तिकारी इकाई सचिवको जिम्मेवारी बहन गर्दै स्ववियु निर्वाचनमा सदस्य पदका उम्मेदवार बने । त्यसपछि संगठनमाथि राज्यद्वारा प्रतिबन्ध लागेपछि उनी भूमिगत भए।
२०५६ माघमा अखिल क्रान्तिकारी झापाको जिल्ला सहसचिवमा निर्वाचित भई सम्मेलनस्थलबाटै गिरफ्तार भई जेल जीवन बिताए।
२०५७ जेठमा पुनरावेदन अदालत इलामको आदेशबाट रिहा भए पनि पुनः पक्राउ परेर विभिन्न हिरासतमा राखिएपछि फेरि भूमिगत भए ।
२०५७ सालमा नेकपा ९माओवादी०को पार्टी सदस्यता प्राप्त गरी लक्ष्मी एरिया समिति सदस्य तथा २०५८ देखि सब–एरिया समिति सेक्रेटरीको जिम्मेवारी सम्हालिसकेका छन् ।
२०५८/०५/०८ मा अखिल क्रान्तिकारी झापा जिल्ला सचिवमा निर्वाचित भए ।
२०५८/०९/१३ गते काठमाडौंबाट गिरफ्तार भई २०५९ चैतमा वार्ताका क्रममा रिहा भए ।
२०६० सालदेखि पार्टी जिल्ला सदस्यका रूपमा सक्रिय रहँदै एरिया सेक्रेटरीको जिम्मेवारी सम्हाले ।
२०६३ सालमा थ्ऋी झापाको अध्यक्ष बने ।
२०६३ मा नेकपा (माओवादी) राज्य समिति सचिवालय सदस्य, २०६५ मा थ्ऋी केन्द्रीय सचिवालय सदस्य तथा २०६६ मा थ्ऋी राज्य समिति अध्यक्षको जिम्मेवारी बहन गरे ।
हाल उनी नेपाली कम्युनिस्ट पार्टीको प्रदेश सचिवालय सदस्य तथा थ्ऋी नेपाल, कोसी प्रदेश इन्चार्जका रूपमा कार्यरत छन् ।
सामाजिक संलग्नता
राजनीतिक गतिविधिसँगै उनी विभिन्न सामाजिक संघ–संस्थामा पनि आवद्ध छन् ।
उपाध्यक्ष – भद्रपुर झापा गोल्डकप
सल्लाहकार संयोजक – संयुक्त युवा परिवार, चन्द्रगढी झापा
सल्लाहकार संयोजक – रिडर्स क्लब, भद्रपुर
लामो समयदेखि राजनीतिक संघर्ष, संगठन निर्माण र युवा परिचालनमा सक्रिय घिमिरे झापा जिल्लामा एक जुझारु तथा संघर्षशील नेताका रूपमा परिचित रहँदै आएका छन् ।


















