बिर्तामोड ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट फागुन २१ गते हुने प्रतिनिधिसभाका उम्मेद्वार भद्रप्रसाद नेपाल (स्वागत) ले सांसद खरिद बिक्रीबाट प्रधानमन्त्री छानिने खालको चुनाव नचाहेको बताएका छन् । उनले जुन चाहाना युवा तथा जेनजी पुस्ताको पनि भएको बताएका छन् ।
झापाको बिर्तामोडमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी राप्रपा झापा क्षेत्र नं. २ बाट उम्मेद्वार बनेका नेपाल र झापा क्षेत्र नं. ४ बाट उम्मेद्वार बनेका भक्तिप्रसाद सिटौलाले संयुक्त रुपमा आफ्ना चुनावी एजेन्डाका बिषयमा जानकारी गराएका थिए ।
उम्मेद्वार नेपालले ०८४ मा हुने निर्वाचन बिशेष परिस्थिति उत्पन्न भएपछि ०८२ मा गर्नु परेको राप्रपाको तर्फबाट उम्मेद्वार बनेको बताएका छन् । राजसंस्थाको आवश्यकता हिजो महसुस नगर्नेले पनि आज आवश्यकता ठानेको उनको भनाई थियो ।
राज संस्थाका एजेण्डालाई पार्टीका घोषणापत्रमा समावेश गर्न आवाजहरु उठेका छन्’ नेपाले भने ‘यस बिचमा राजसंस्थाका लागि र संविधानमा भएको धर्मनिरपेक्षता अन्त्य गरी हिन्दू बैध किराँत अर्थात सर्वधर्म समभाव मुख्य यसको एउटा बिशेषता छ हिन्दू अधिराज्य ।’ उनले राप्रपासँग मात्र हिन्दू राज्यको एजेण्डा भएको र अन्य दलहरुसँग नभएको बताए । अन्य दलका सवै एजेन्डाहरु अहिलेको संविधानमा समेटिएको उनको भनाई छ । यो चुनाव एक प्रकारले जनमतसंग्रह भएको नेपालले बताएका छन् । अहिले सवै दलभित्र राजसंस्थाबादी भएको र राप्रपाका उम्मेद्वारहरु साझा उम्मेद्वार भएको उनले बताए । यो दलहरुको चुनाव होइन पक्ष र बिपक्षको चुनावको रुपमा रहेको नेपालले बताए ।
यस्तै झापा क्षेत्र नं. ४ का उम्मेद्वार भक्तिप्रसाद सिटौलाले नेपाल एकीकरण गर्ने पुथ्वीनारायण शाहले स्थापना गरेको राजसंस्था राख्ने कि नराख्ने भनेर नेपाली जनतालाई प्रश्न नगरिएको बताए । राजा नभएको देश अभिभावक बिहिन भएको र राजसंस्था पुनःस्थापनाका लागि जेनजीहरुले राजा आउ देश बचाउ भनेको सिटौलाले बताए । जेनजी आन्दोलनमा पनि आवाज त्यही भएको उनको भनाई थियो । राजासहितको हिन्दू राष्ट्रका लागि यो चुनाव जनमत संग्रह भएको उनको पनि भनाई छ । भष्ट्रचारीहरुको अन्त्य गर्ने कि नगर्ने भन्ने पनि जनमत संग्रह भएको उनले बताएका छन् ।
निर्वाचन कार्यक्रमलाई निर्वाचन आयोगको आचारसंहिता अनुसार ब्यक्तिगत रुपमा भेटघाट मात्र गरिएको नेता सिटौलाले बताए । पत्रकार सम्मेलनमा राप्रपा झापा अध्यक्षको पनि उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण पार्टीका प्रवत्ता सूर्य खतिवडाले गरेका थिए ।


















