झापा ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालको साझा उम्मेद्वारका रुपमा पाँचथरबाट लाखबहादुर पालुङ्वा (एलबी) प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेका छन् ।
सुशासन, समृद्धि, स्वाभिमान र पहिचान अधिकारको लागि आवाज उठाउँदै आएका युवा नेता एलबी पालुङ्वाले ‘जाँतो’ चुनाव चिन्ह लिएर पाँचथरबाट समानुपातिक उम्मेद्वारका रुपमा चुनावी मैदानमा उत्रिएका हुन् ।
‘राष्ट्रिय मुक्ति क्रान्ति सफल पारौ !’ भन्ने मुल नाराका साथ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिएका युवा नेता पालुङ्वाले हाल चुनावी कार्यक्रम अन्तरगत घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै आएका छन् ।


















