झापा । 

दमकबाट एक जना चोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको नवबुद्ध नगरपालिका–२ घर भइ हाल झापाको दमक नगरपालिका–८ स्थित ससुराली घरमा केही दिनदेखि बस्दै आएका अन्दाजी ४० बर्षीय बिष्णु भुजेल रहेका छन् । 

भुजेलले आज (मंगलबार) दिनको २ः ३० बजेको समयमा दमकस्थित अर्गानिक कृषि सब्जि मण्डीको कोल्ड स्टोर कोठामा रहेको चिसाउन प्रयोग हुने ठूलो फ्रिजको सामान निकाली चोरी गरी ठेलामा राखेर लैजान्दै गर्ने क्रममा स्थानियले देखेर प्रहरीलाई खवर गरेका थिए । 

जानकारी गराउन साथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको  टोलीले  उनलाई चोरीका सामान र ठेलासहित बरामद गरी नियन्त्रणमा लिएर इप्रका दमकमा ल्याई राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।