झापा ।
झापाको बिर्तामोड नगरपालिका–४ स्थित १ किलोमिटरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । गएराति ९ बजेको समयमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दमक नगरपालिका–४ का २३ बर्षीय राजा माझी, दमक–१ का २९ बर्षीय टेकबाहादुर कुमाल र सोही स्थानका ३३ बर्षीय हर्कबहादुर कुमाल रहेका छन् ।
उनीहरुको साथबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लास्टिक बाहेकको ६ ग्राम १५० मिलि ग्राम, प्रतिबन्धित औषधी Nitrozepam tablets IP(Nitrosun® 10) लेखिएको ६ पत्ता ९५५ ट्याब्लेट र २ वटा Screen touch मोवाईल फोन र १ वाट keypad मोबाईल फोनसहित बरामद गरी नियन्त्रणमा लिईएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















