झापा ।
नाबालिगलाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । गत मंसीर २७ गते झापा अर्जुनधारा नगरपालिका– ११ मा रहेको सुर्योदय होटेलमा अर्जुनधारा–९ का २३ बर्षीय कृष्ण बुढाथोकीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एक १६ वर्षिय नाबालिगलाई ललाई फकाई जबरजस्ती करणि गरेको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीस्थित बिर्तामोडमा पिडितका आफन्तले सूचना दिना साथ मंगलबार अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पिडक बुढाथोकीलाई नियन्त्रणमा लिएको थियो ।
उनलाई इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट आज (बुधवार) पहिलो पटकको लागि दिन ६ म्याद लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















