सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा कोशी प्रदेश स्तरीय ‘मिसेस क्वीन अफ कोशी–२०८२’ को अडिसन हुने भएको छ । एचएस साइना क्रिएसन प्रालिको आयोजनामा माघ पहिलो साता हुन लागेको मिसेस क्वीन अफ कोशी–२०८२’ पहिलो अडिसन सुरुङ्मा पुस ७ गते हुने आज ९शनिवार० सुरुङ्गामा पत्रका सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
विवाहित महिलाहरु (२०–४० उमेर समुह) को अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने मुख्य उद्देश्यले पहिलो पटक कोशी प्रदेश स्तरीय ‘मिसेस क्वीन अफ कोशी’ २०८२ को आयोजना गर्न गरिएको एचएस साइना क्रिएसन प्रालि झापा शाखाका कार्यक्रम संयोजक अनुप भण्डारीले जानकारी दिए ।
आफ्नो क्षमताको पहिचान हुनु अगावै वैवाहित बन्धनमा बाँधिएका महिलाहरुको क्षमतालाई उजागर गर्न ‘मिसेस क्वीन अफ कोशी’२०८२’ को प्लेटफर्म तयार गरिएको उनले बताए । अडिसनमा कोशी प्रदेशका १४ वटै जिल्लाका विवाहित महिलाले सहभागिता जनाउन पाउने उनले बताए । पहिलो अडिसन झापाको सुरुङ्गामा पुस ७ गते हुने र क्रमश झापाको विर्तामोड, दमक, सुनसरीको इटहरी, धरान र इलामका विभिन्न स्थानमा हुने बताइएको छ ।
अडिसनबाट ५० जना सहभागी छनोट हुने छन् । सहभागीहरुलाई २५ दिनसम्म नेतृत्व विकास, मोडलिङ, उद्घोषण कला, सचेतनामूलकलगायत विभिन्न तालिम दिएर उनीहरुको क्षमतालाई थप परिस्कृत गरिनेछ । राष्ट्रिय स्तरका कलाकारहरु निर्णायकका रुपमा रहने बताइएको छ । उनीहरुले उत्कृष्ट सहभागी मध्ये सर्वोत्कृष्ट छनोट गर्ने कार्यक्रम संयोजक भण्डारीले बताए ।
‘मिसेस क्वीन अफ कोशी–२०८२’ मा सहभागी हुन चाहनेहरुले whatapp Number 9807998069 मा आफ्नो विवरण पठाएर वा फेसबुक पेज:Misses Queen of Koshi म्यासेज पठाएर पनि फर्म भर्न सकिनेछ ।
मिसेस क्वीन अफ कोशी–२०८२ का विजेताहरुलाई पुरस्कारको पनि व्यवस्था रहेको छ । पुरस्कार प्रथम स्कुटी र नगद १० हजार रुपैयाँ, राष्ट्रियस्तरको तीन वटा म्युजिक भिडियोमा अभिनयको अवसर, थाइल्याण्ड भ्रमण, ५ लाखको जीवन बिमा, क्राउन, प्रमाण–पत्र र विभिन्न उपहारहरु, दोस्रो पुरस्कार नगद ७५ हजार रुपैयाँ, राष्ट्रिय स्तरका दुई वटा म्युजिक भिडियोमा अभिनयको अवसर, ५ लाखको जीवन विमा, थाइल्याण्ड भ्रमण, क्राउन, प्रमाणपत्र, विभिन्न उपहारहरु र
तेस्रो पुरस्कार नगद ५० हजार रुपैयाँ, राष्ट्रिय स्तरका एक बटा म्युजिक भिडियोमा अभियनको अवसर, पाँच लाखको जीवन विमा, थाइल्याण्ड भ्रमण काउन प्रमाणपत्र, विभिन्न उपहारहरु रहेको आयोजक संस्थाका इभेन्ट को–अटिनेटर गिरीराज ढकालले जानकारी दिए ।
यसैगरी पब्लिक च्वाइस, मस्ट ट्यालेन्ट, मस्ट ब्यूटी नगद १० हजार रुपैयाँ, क्राउन, प्रमाणपत्र, विभिन्न उपहारहरु प्रदान गरिने बताइएको छ । अडिसनबाट एक हजार शुल्क लाग्ने र छनौट भएका प्रतियोगीहरु बिभिन्न तालिमका लागि १५ हजार रुपैयाँ शुुल्क लिने बताइएको छ । उक्त प्रतियोगिताको फाइनल प्राइम टेलिभिजनबाट लाइभ प्रसारण गरिने बताइएको छ । प्रतियोगितामा अनुमानित २५ लाख रुपैयाँ खर्च हुने र उक्त, रकम स्पोन्सरबाट संकलन गरिने छ । पत्रकार सम्मेलनमा सामाजिक ब्यक्तित्व केवल श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए भने सुरुङ्गा प्रेस कल्वका सचिव मनोज बस्नेतले कार्यक्रमको सहजीकरण् गरेका थिए ।


















