सुनसरी।
जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार गस्तिमा खटिएको प्रहरी टोलीले इनरुवा–४ स्थित भित्री सडक खण्डबाट प्र.१–०२–००४ ह १७७६ नम्बरको सिटी सफारीमा लुकाई छिपाई लैजादै गरेको १० किलोग्राम ५४० ग्राम लागू औषध गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिटी चालक हरिनगर–४ का अजमल अंसारी र सिटीमा सवार अमिर अंसारीलाई नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी घुस्किहाटले हरिनगर–७ स्थितबाट बोरामा बेबारीसे अवस्थामा राखेको १२ किलोग्राम १३० ग्राम लागू औषध गाँजा फेला पारी बरामद गरेको हो ।
लागू औषधसहित पक्राउ परेका दुबैजनाको कानूनी कारबाही भई रहेको छ भने बेबारीसे गाँजा सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


















