झापा ।
झापा बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । झापा बिर्तामोड–५ का ३० बर्षीय जगन राजबंशीलाई को कुन ब्यक्तिले के कुन बिषयमा झै–झगडा हुँदा कुटपिटबाट गम्भीर घाइते भएका थिए ।
बुधबार साँझ ६ः३० बजेको समयमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाईते भएका राजवंशीलाई उनकै आफन्तहरुले उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगेको थिए ।
अस्पतालका डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको घोषणा गरेको थिए । इलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान गर्न टोली गएको थियो । लाश तत्काल सोही अस्पतालमा रहेको घटनामा संलग्नको खोजतलाश गर्ने क्रममा कुटपिट गर्ने मान्छेको पहिचान भइ खोजतलाश भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















