झापा । 

झापाको अर्जुनधारा नगरपालिका–६ मा पूजा कोठामा लक्ष्मी पूजा गर्न राखिएको लाखौंको सुन र नगद चोरी भएको छ । हिजो विहानको राति २ः३० बजे अर्जुनधारा–६ बिहानी टोल रोड नं.१६  का रमेश काफ्लेको घरबाट उक्त चोरी भएको हो । 

काफ्लेको पक्की दुई तले घरको माथिल्लो तलाबाट चोर पसेर तल्लो तलामा रहेको पुजा कोठामा लक्ष्मी पूजा गर्न राखिएको करिब तीन तोलाको सुनको छड्के तिलहरी, चुरा, औठी, झुम्का र पूजा गर्न राखिएको नगद ५ हजार गरी करिब ७ लाख ५ हजार बराबरको सामान चोरी भएको हो ।

सेतो धर्के सर्ट लगाएका अन्दाजी २५ बर्षीय युवक घरभित्र पसेको बताइएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएर थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।