सुनसरी।
प्रहरीले गाँजासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुनसरीगढी गाउँपालिका ४ छिटाहाबाट एक बोरा गाजासहित १६ वर्षीय अतिस राई र १९ वर्षीय विशाल राईलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय दुहवी र इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको संयुक्त गस्ती टोलीले धनकुट्टा साघुरीगढी गाउँपालिका ८ निवासी उनीहरुलाई २६ केजी गाजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
स २ प ७१४६ नम्वरको मोटरसाइकलमा एक झोला लोडगरी गाँजा ल्याउदै गरेको अवस्थामा कालो झोलामा एक झोला र एक बोरा गरी २६ केजी गाँजा बरामद भएको बताइएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय दुहवीमा राखेर थप अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ ।


















