बिर्तामोड । 

तीनदिन अघि सार्वजनिक भएको म्युजिक भिडियो  ‘४० को म २० की उ’ अहिले निकै चर्चामा छ ।  गिरी ग्राण्ड फिल्मसको  ब्यानरमा निर्माण भएको उक्त म्युजिक भिडियो गत भदौं २० गते युटुवमार्फत सार्वजनिक गरिएको थियो ।

नेपालमा सामाजिक सञ्जाल प्रतिवन्धको असरले युटुवमा खासै प्रभाव नपरे पनि टिकटिकमा भने निक्कै भाइरल बनिरहेको छ । जेनजीको आन्दोलनसँगै सामाजिक सञ्जाल खुल्लाभएसँगै युटुवमा पनि भिडियो निक्कै लोकप्रिय हुँदै गएको छ । गिरी ग्राण्ड फिल्मसको युवटुव च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोले अहिले सवैको मन जित्न सफल हुँदै गएको छ । 

कलाकार दीपाश्री निरौला, युवराज गिरी, पवन गिरी, रचना न्यौपानेलगायतको अभिनय रहेको म्युजिक भिडियोको यो समाचार तयार पार्दासम्म ७४ हजारवढीले हरिसकेका छन् ।  

म्युजिक भिडियोको भोकलमा  बाबुल गिरी, दीपाश्री निरौला, सिम्रन परियार र करण परियार छन् भने निर्देशकमा संगीत सागर बुर्जा, क्यामेरामेनमा रितेश गिरी, भिडियोमा सम्पादन पदम सुवेदी, प्रोडक्शन मेनेजरमा मेघराज धिमाल, मेकअफमा सम्झना सिन्चुरी, क्यामेरा असिस्टेण्टमा चिरञ्जिवी उप्रेती रहेका निर्माता युवराज गिरीले जानकारी दिए । 

म्युजिक भिडियो रिलिजपछि बडादशैंको अवसर पारेर एकसयवढी एपिसोट ‘४० को म २० की उ’ वेव सिरिज सिरियल शुरु गरिने निर्माता गिरीले जानकारी दिएका छन् । सिरियलमा अन्य पनि धेरै कलाकारहरुको अभिनय रहने निर्माता गिरीले बताएका छन् । 

भिडियो पनि