झापा ।
झापाबाट फरार प्रतिवादी पक्राउ परेका छन् । लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् । झापाको दमक नगरपालिका–२ खरखरेका २४ बर्षीय बिजय धिमाललाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनमा खटिएको प्रहरी टोलीले दमक–५ बाट नियन्त्रणमा लिएको हो ।
झापा जिल्ला अदालतको लगत नं. ११/३६४९, फैसला मिति २०८१/०२/१४ गतेले, ५ बर्ष ९ महिना ४ दिन कैद १० हजार जरिवाना तोकिएको थियो । लागु औषध उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमक ल्याएर राखिएको छ ।
आज (आइतवार) जिल्ला अदालतमा पेश गरी अदालतको आदेश अनुसार उनलाई कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















