बिर्तामोड ।
‘४० को म २० की उ’ बोलको म्युजिक भिडियो प्रदर्शनको अन्तिम तयारीमा रहेको छ । गिरी ग्राण्ड फिल्मसको ब्यानरमा निर्माण भएको उक्त म्युजिक भिडियो भदौं २० गते रिलिज हुने निर्माता युवराज गिरीले जानकारी दिए ।
निर्माता गिरीका अनुसार गिरी ग्राण्ड फिल्मसको युवटुव च्यानलबाट भदौं २० गते ‘४० को म २० की उ’ म्युजिक भिडियो रिलिज हुनेछ । म्युजिक भिडियोमा कलाकार दीपाश्री निरौला, युवराज गिरी, पवन गिरी, रचना न्यौपानेलगायतको अभिनय रहेको छ ।
म्युजिक भिडियोको भोकलमा बाबुल गिरी, दीपाश्री निरौला, सिम्रन परियार र करण परियार छन् भने निर्देशकमा संगीत सागर बुर्जा, क्यामेरामेनमा रितेश गिरी, भिडियोमा सम्पादन पदम सुवेदी, प्रोडक्शन मेनेजरमा मेघराज धिमाल, मेकअफमा सम्झना सिन्चुरी, क्यामेरा असिस्टेण्टमा चिरञ्जिवी उप्रेती रहेका निर्माता गिरीले जानकारी दिए ।
म्युजिक भिडियो रिलिजपछि बडादशैंको अवसर पारेर एकसयवढी एपिसोट ‘४० को म २० की उ’ वेव सिरिज सिरियल शुरु गरिने निर्माता गिरीले जानकारी दिए । सिरियलमा अन्य पनि धेरै कलाकारहरुको अभिनय रहने निर्माता गिरीले बताएका छन् ।


















