बिर्तामोड । 

नाम्लो नाट्य समूहले आगामी भदौ १८ गतेदेखि गुरु प्रसाद मैनालीको कथा कर्तव्यमा आधारित नाटक मञ्चन गर्ने भएको छ ।बिर्तामोडस्थित इन्द्रेणी ब्याङ्वेटमा नाटक मञ्चन गर्न लागिएको हो ।  विराटनगर ६ मोरङमा स्थापित नाट्य समूहले यस अघि झापासहित देशका विभिन्न स्थानमा यो नाटक मञ्चन गरेको छ ।

सामाजिक रुपान्तरण र समाजलाई सकारात्मक बाटोमा डो¥याउन यो नाटकले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । सुदीपजंघ कार्कीको नाट्य आलेक तथा निर्देशनमा तयार गरिएको नाटकमा व्यवस्थापन टिम सञ्जय मुडियारी, सृष्टि आचार्य र नवीन भण्डारी रहेका छन् ।

झापाको गौरादहमा र मोरङको झोराहाटमा २०८१ साल भदौमा यो नाटक मञ्चन गरिएको थियो । नाम्लो नाट्य समूहले यस अघि रविन्द्र नाथ टेगोरको नाटक मालिनी,मोरङको झोराहाट, शिल्पा थिएटर , राष्ट्रिय नाचघर र इन्द्रेणी ब्याङ्वेट बिर्तामोडमा  मञ्चन गरिसकेको छ ।

फ्रिज क्यारिन्थीको नाटक,रिफन्ट समेत झापामा यस अघि मञ्चन गरिएको छ । विद्यार्थी सहित युवा  पुस्तालाई लक्षित गर्दै मञ्चन गर्न लागिएको नाटक कर्तव्य भदौ २५ गतेसम्म देखाइने छ ।