झापा । 

झापा गौरीगञ्ज गाउँपालिका–२ कोरोबारी परेवाखोपीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (शुक्रवार) दिनको १२ बजेको समयमा लागूऔषध कारोवारीमा संलग्न उनीहरुलाई पक्राउ गरिएको हो । 

दक्षिण आँपगाछीबाट पूर्व तुलाचन चौकतर्फ आउँदै गरेको प्र.१–०१–०१३ प ७०९२ नम्बरको मोटरसाईकललाई प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषधका साथमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल पछाडी सवार दमक नगरपालिक– ९ धरना टोल  अन्दाजी २९ बर्षीय डिकेश मुण्डाको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक २ ग्राम ७५० मिलिग्राम फेला परेको थियो ।

उक्त लागूऔषध फेला परेसँगै मोटरसाइकल चालक गौरादह नगरपालिका–८ का अन्दाजी ३० बर्षीय  मनिक  मण्डलले प्रयोग गरिरहेको उक्त नम्बरको मोटरसाइकल समेतलाई नियन्त्रणमा लिइएको छ । उनीहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।