झापा ।
झापाको गौरिगञ्ज गाउँपालिका–१ बाट लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल भारतको सिमा एरिया स्थित प्रहरी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल बिओपी कुञ्जिबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट लागूऔषधसहित पक्राउ गरेको हो ।
नेपालतर्फ आउँदै गरेको मे ५ प ८००३ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक कमल गाउँपालिका–५ का ३१ बर्षीय धनेस सहनी लागूऔषधसहित बिहीवार साँझ ५ः२५ बजे पक्राउ परेका हुन् ।
उनले लगाएको हेलमेट भित्र प्लास्टिकको पोकामा लुकाई छुपाई ल्याउँदै गरेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ६ ग्राम १६ मिलि ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उनले चलाएर ल्याएको मोटरसाईकल, उक्त लागु औषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















