बिर्तामोड । 

पूर्वमा छायङ्कनको अन्तिम चरणमा पुगेको नेपाली चलचित्र ‘परिवर्तन’ मा नेपालकै नौलो र फरक खालको एक्सन भएको अभिनेता सुशिल श्रेष्ठले बताएका छन् । अभिनेता श्रेष्ठका अनुसार अहिलेसम्म यस प्रकारको एक्सन अन्य नेपाली चलचित्रमा छैन । 

‘चलचित्र परिवर्तनमा उत्कृष्ट एक्शन छ, जुन नेपालमा यो खालको एक्शा भएको चलचित्र बनेको छैन’ अभिनेता श्रेष्ठले भने ‘साउथ फिल्म स्टाइलको एक्शन परिवर्तनमा छ ।’ 

उनले फिल्म ‘परिवर्तन’मा जस्तो एक्सन अहिलेसम्म कुनैपनि फिल्ममा नगरेको बताए । अभिनेता श्रेष्ठले अहिलेसम्म कुनैपनि फिल्ममा आफुले यति धेरै एक्सनका दृश्यहरु नगरेको बताए । यो राष्ट्रियतासँग जोडिएको फिल्म हो साथै एक्सनका दृश्य पनि निकै रोचक खालको भएको उनको भनाई छ । 

चलचित्र परिवर्तनमा समग्र देशको अवस्था, जनताले भोगिरहेका समस्या, कालोबजारी, सीमा क्षेत्रमा हुने अतिक्रमण, चोरी पैठारी, सुकुम्वासीका समस्या, किसानका समस्या र प्रहरी प्रशासन तथा प्रहरीको इमान्दारितासँगै प्रेमलाई मुख्य कथावस्तुमा समेटिएको चलचित्रका निर्माता दीपक शिवाकोटीले  बताए । 

देशको सिमाना, हालको देशको अवस्था, बढ्दो भस्ट्राचार, प्रेमसहित सवै बिधालाई समेटिएको कथा बस्तु रहेको निर्माता शिवाकोटीको भनाई छ । चलचित्रको निर्देशन विजय केरुङले गरिरहेका छन् । निर्माता शिवकोटीको करिव ४ करोडको एकल लगानीमा चलचित्र निर्माण भइरहेको छ ।